इटहरी । विभिन्न कारणले सडकमा भौतारिदै जीवन गुजारी रहेकाहरुलाई उद्धार गरी पारिवारीक वातारणमा संक्षरण गर्दै आएको सुनसरीको इटहरीमा रहेको मायाघर नेपालमा आश्रीतहरुलाई लक्षित गरि एक दिवसीय स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरियो ।

   समिट लघुवित्त संस्था लिमिटेडले माया घर नेपालमा आश्रय लिदै आएकाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी उपलव्ध गराएको हो ।

   अधिकारी मेडिकल हलको सहकार्यमा समिट लघुवित्तले माया घरमा रहेकाहरुको स्वास्थ्य परिक्षण , खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । 

समिट लघुवित्तले माया घरमा वस्दै आएमा सम्पुर्ण आश्रितहरुलाई छाला रोग विशेषज्ञ डा. विविशा बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।WhatsApp Image 2022-07-10 at 5.06.14 PM

  २०६६सालमा स्थापित समिट लघुवित्तले बचत तथा कर्जा प्रवाह मात्र नगरेर सामाजिक कार्य समेत गर्दै आएको अधिकृत योगेन्द्र खनालले जानकारी दिए ।

माया घर नेपालमा आश्रय  लिइरहेकाहरु २१ जना  विद्यार्थीहरुलाई समिट लघुवित्तले विद्यालय पोशाक व्याग र स्टेशनरी सामाग्री उपलव्ध गरायो । त्यसै गरी आश्रितहरुका लागि ६० बोरा चामल ५ बोरा दाल पनि उपलव्ध गरायो ।  

२०७४ साल फागुन महिना देखि सञ्चालनमा आएको माया घर नेपालले मानसिक रोगी  सहित विभिन्न कारणले घर परिवार र आफन्तविहीन बनेकाहरुलाई संरक्षण गर्दै आएको छ । माया घरकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले सडक मानवहरुको संरक्षण गर्ने कार्यका सरकारको भएको भएपनि सहकरी स्तरबाट नगरिएको अवस्थामा आफुहरु सहयोगी मात्र भएको वताइन । उनले सरकारको  अभिभावकत्वको भुमिका हुनु पर्नेमा जोड दिइन ।

हाल मायाघरमा एक सय सात जनाले आश्रय लिईरहेका छन ।