इटहरी । अन्तर कलेज कविता लेखन तथा वाचन प्रतियोगितामा इटहरी स्थित जनता बहुमुखी क्याम्पसकी दिपा लुइटेल प्रथम भएकी छिन ।
२०९ औँ भानु जयन्तीको अवसरमा इटहरी लेडि जेसिसले आयोजना गरेको उक्त प्रतीयोगीतामा दिपा लुइटेल प्रथम भएकी हुन ।
सुनसरी र मोरङका विभीन्न ७ कलेजका २४ विद्यार्थीको सहभागीता रहेको उक्त प्रतीयोगीतामा ब्राइट भीजन ल क्याम्पस बिराटनगरका सुवास निरौला द्धितीय भएका थिए भने कोशी सैन्ट जेम्स इटहरीकी जानुका जमरकट्टेल तृतीय भएकी थिइन ।
प्रतियोगितामा जनता बहुमुखी क्याम्पस , राष्ट्रिय जनसहयो कलेज , बा्रइट भिजन ल कलेज , विश्व आर्दश कलेज, कोशि सेन्ट जेन्स कलेज ,भादगाउ सिनुवारी र शुष्मा कलेजका विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।
जेसी दुर्गा खड्का आचार्यको अध्यक्षता साथै जेसी सुनिता दाहालको संयोजकत्वमा आयोजना गरीएको उक्त प्रतियोगितामा सहभागीहरुले विभिन्न शिर्षकमा रहेर आफ्नो प्रस्तुती दिएका थिए । प्रतीयोगीतामा साहित्यकार टिका आत्रियको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक कृष्ण अधिकारी र मदनराज बराल रहेका थिए ।
प्रतियोगितामा सहभागि विद्यार्थीहरुले यस प्रकारको कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।




















