काठमाडौं । जसपाबाट नयाँ मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ भने यथावत नै छन ।




















