धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकाले पशुपालन र सहकारी क्षेत्रको प्रवर्धन गर्ने कार्यको थालनी गरेको छ ।

पशुपालन र सहकारीलाई प्राथमिकतामा राखेर नगरबासीलाई आर्थिक सम्वृद्धितर्फ जोड्ने योजनाका साथ नगरपालिकाले यस क्षेत्रको प्रवर्धनमा विभिन्न कार्यक्रम गर्न थालेको हो । नगरपालिकाले सञ्चालन गरेको सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम र अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएको पशुपालन सम्बन्धि शीपमुलक तालिम शनिबार सम्पन्न भएको छ ।

शनिबार नगर प्रमुख उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा उपप्रमुख तारा महत भट्टराईको विशिष्ट आतिथ्यतामा स्थानीय सामुदायीक हलमा दुवै तालिमको संयुक्तरुपमा समापन गरिएको हो ।

नगरपालिकाले नगर क्षेत्रका सहकारीहरुलाई व्यवस्थित गर्ने यो290963117_829109511390001_6637873631052258946_nजनाका साथ सहकारीका पदाधिकारी तथा कर्मचारीहरुलाई सहभागी गराएर तालिम सञ्चालन गरेको हो । सहकारीको लेखा र व्यवस्थापनका विषयमा सहजिकरण गरिएको तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएको आयोजक मोरङ मिडिया एण्ड सर्भिस प्रा। लि सुन्दरहरैंचाका निर्देशक राजु पौडेलले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुले खासगरि लेखापालन अन्तरगत गोश्वारा भौचर र चार खाताको विषयमा महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका छन् । यसै गरि धर्मदेवी नगरपालिका र करुणा फाउन्डेशन नेपालको सहकार्य तथा गुडलक एजकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा।291238045_1131163837486407_8190904279064514072_n

लि इटहरीको आयोजनामा नगरका अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालन गरिएको पशुपालन सम्बन्धि शीपमुलक तालिमको पनि सोही समारोहमा समापन गरिएको छ । तालिममा नगर क्षेत्रका अपांगता भएका नागरिक तथा परिवारका सदस्य गरि ४० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् । 

डा। बसन्त कुमार मेहता र पशुप्राविधिक विशाल पौडेल खत्रीले सहजिकरण गर्नु भएको तालिममा पशुप्रजनन, पशु आहार व्यवस्थापन, खोरगोठ सुधार, पशुरोग पहिचान र निदान लगायतका विषयलाई समेटिएको थियो ।291706343_1481893472268164_212580062922066730_n

यसैगरि तालिममा सहभागीहरुलाई मिनरल व्लक, सन्तुलित आहारा, साइलेश, परालमा युरिया ट्रिटमेन्ट लगायतका विषयमा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको आयोजक संंस्था गुडलक एजकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा। लि इटहरीका प्रवन्ध निर्देशक रेवती  निरौलाले जानकारी दिनुभयो । तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई पशुपालन सम्बन्धि औजारहरु दूध बोक्ने क्यान, कराई र डाडु समेत वितराण गरिएको उहाँले जानकारी दिनुभयो ।

पशुपालन तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले तालिमबाट व्यवसायीक रुपमा पशुपालन गर्न प्रेरणा मिलेको भन्दै आगमी दिनमा थप तालिम सञ्चालन गर्न नगरपालिका समक्ष आग्रह गरेका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख उदयचन्द्र पौडेलले नगरपालिकाले सहकारी क्षेत्र र कृषि तथा पशुपालनलाई सँधै प्राथमिकतामा राखेको बताउनुभयो । नगरको सम्वृद्धिका लागि कृषि, सहकारी र पशुपालनलाई संगसँगै जोडेर लैजाने भन्दै उहाँले त्यसका लागि योजनाहरु लिएर आउन आग्रह समेत गर्नुभयो ।

समापन समारोहमा धर्मदेवी ३ का वडाध्यक्ष श्यामबहादुर पौडेल, धर्मदेवी नगरपालिकाका शाखा अधिकृत कमलमणि थापा, धर्मदेवी उद्योग वाणिज्य संघ महासचिव कविता श्रेष्ठ, समाजसेवी सुस्मिता खड्का लगायतको आतिथ्यता रहेको थियो ।