विभीन्न कारणले चर्चामा आइरहने इटहरी यो समय पनी मुख्य चोकको नामाकरण र पुर्वराजा बिरेन्द्रको शालीक स्थापनागर्ने नगर्ने कुरालाइलिएर चर्चामा छ । 

इटहरी मुख्य चोकमा पुर्वराजा बिरेन्द्रको सालीक स्थापना गर्ने साथै चोकको पुननामाकरण गर्ने विषय उठीरहँदा विभीन्न पार्टी तथा संगठनहरुले यसप्रती आपत्ती जनाएका छन ।

  दोस्रो जनआन्दोलनका समयमा भत्काइएको उक्त शालीक पुनस्थापना गराइ उक्त चोकलाइ बिरेन्द्र चोक भनी पुन नामांकरण गरीने कुराले चर्चा पाइरहदा जसपा इटहरी नगर कमिटिले आपत्ती जनाएको हो ।

  पार्टीले शनीवार पत्रकार सम्मेलन गरी इटहरी मुख्य चोकलाइ बिरेन्द्र चोक भनी नामाकरण गर्ने र चोकमा पुर्वराजा बिरेन्द्रको शालीक पुन स्थापना गर्ने विषय प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

इतिहास तथा पहिचानको आधारमा इटहरी चोकलाइ कायम गर्ने सम्बन्धमा जसपा इटहरी नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा थारु समुदायलाइ सम्मान हुने गरी इटहरी चोकको नामांकरण गरीनु पर्ने माग गरीएको छ ।

हालसालै नगरले थारु जातीलाइ प्रथम नागरीक घोषणा गरेकाले थारु जातीलाइ सम्मान हुनेगरी इटहरी चोकको नामाकरण गरीनुपर्ने बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

इटहरीको पहिचान झल्काउने र इटहरीको प्रथम नागरीक थारु जातीको सम्मानहुनेगरी मुख्यचोकको नामाकरण गरीनुपर्नेमा उनीहरुको जोड रहेको थियो । 

चोकको पुन नामांकरण र सालीक पुन स्थापना गणतान्त्रिक लोकतन्त्रको भावना विपरित कदम हुने भन्दै त्यसबाट आउने परीणामको स्वयम जवाफदेहि हुनुपर्ने चेतावनी समेत पार्टीले दिएको छ ।