चक्रघटी । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वन्ने सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको चक्रघटीमा सञ्चालित आधारभुत सौन्दर्यकला तालिम सम्पन्न भएको छ ।

 किवानिज क्लव इटहरीको संयोजन तथा पेस्को मेकअप स्टुडियोको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघटीमा महिलाहरुका लागि तीन दिने निशुल्क सौन्दर्यकला तालिम सम्पन्न भएको हो ।WhatsApp Image 2022-07-02 at 4.51.05 PM

  ग्रामिण क्षेत्रमा रहेको चक्रघटीका २५ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरुले तालिम प्रभावकारी भएको तर समय कम भएको वताए । 

त्यस्तै केही दिन अगाडी विर्तामोडमा पनी २५ जना लाई निः शुल्क दिएको थियो ।  तालिममा पेस्को मेकअप स्टुडियोकी सञ्चालिका मनिता तामागंले सहजिकरण गरेकी थिइन ।