इटहरी । अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सेमीनार आयोजना गरिएको छ ।
विगत लामो समय देखि आइएलटिएस कक्षा सञ्चालन गर्दै आएको ब्रिटिस एजुकेशन इटहरीले उच्च शिक्षा हासिल गर्न दक्षिण कोरिया जान चाहने विद्यार्थीहरुलाई सहजिकरण गर्न सकिने जानकारी गराएको हो ।
दक्षिण कोरियाको खाङग्सिओ युनिभरसीटि सोलका प्राध्यापक खि चोङ पार्क सहजकर्ता रहेको सेमिनारमा उच्च शिक्षाको पठनपाठनका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सेमिनारमा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बिगत २० वर्षदेखी पुर्वी नेपालमा भाषा शिक्षण तथा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई ब्रिटिश एजुकेशनले सहजिकरण गर्दै आएको ब्रिटीस एजुकेशन इटहरीका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र दंगालले जानकारी दिए ।
सेमीनारबाट विद्यार्थीहरुले दक्षिण कोरीया पनि उच्च शिक्षाको राम्रो संभावना रहेको देशका रुपमा जानकारी हासिल गरेको विश्वास गरिएको छ ।




















