काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ ।बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।यसअघि असारको पहिलो साता बस्ने भनिएको केन्द्रीय समितिको बैठक विशेष कारण भन्दै स्थगित गरिएको थियो ।




















