धनकुटा।असार १६ गते । नेपली सेनाका सकल दर्जाहरुमा जीवन उपयोगी शिप तथा स्वरोजगारलाई विस्तार गर्ने उद्देश्यले अवकास उन्मुख १० जना सकल दर्जाहरुलाई कृषि, पशुपालन र फलफुल खेती सम्बन्धि व्यवहारिक तालिम प्रदान गरिएको छ ।
भीमदल गणको समन्वयमा जिल्ला स्थित नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगतको कृषि अनुसन्धान केन्द्रको हलमा सञ्चालित ६ गतेबाट शुरू गरिएको उक्त १० दिने तालिम १५ गते सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ ।
केन्द्रका प्रमुख डा. गोविन्द प्रसाद तिमिल्सिनाको सभापतित्व एवं पुर्वि कमाण्ड हेडक्वारका सहायक कमाण्ड सेनापति स.र. हेम राज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा फलफुल खेती गर्ने तौर तरिका, पशुपालनका फाईदा लगायतका विषयमा प्रशिक्षण गराईएको थियो ।
केन्द्रका प्रमुख तिमिल्सिना लगायतले प्रशिक्षण गराउनु भएको थियो ।




















