धनकुटा । लोप हुदै गएको नौमती  बाजाका साथमा धान रोपेर कृषि अनुसन्धान केन्द्र पाख्रिबासले १९ औं राष्ट्रिय धान दिवस मनाएको छ ।

नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रिबासले धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग भन्ने मुल नाराका साथ केन्द्रको कार्यक्षेत्र स्थित साउथ क्षेत्रमा प्रमुख अतिथि, अतिथि लगायतले धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाएको हो । 

खेतमा काम गरी दहीच्युरा खाएर धान रोप्ने दिनका रुपमा रहेको यस दिवसको अवसरमा धान रोप्नु हुदै खेतैमा हातमा धानको विउ लिएर पानीमा रुज्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानवको जन्म देखि जिवन पर्यन्त मरेको समयमा चितामा जलाउन पनि धान आवश्यक रहेकाले मौलिक र सांस्कृतिक परम्पराका साथमा पुरानो पुस्ताको जस्तै गरेर गोरु र हलोको सहायताले जोध्दै, बाउसे गर्दै, आलि लगाउदै सिमसिम पानीमा धान रोप्दै आमाका साथमा धान रोपेको याद दिलाएको बताउदै लोपहुन लागेको आफ्नो संस्कृतिलाई उजागर गर्न पाएकोमा खुसि व्याक्त गरे ।IMG20220629121811 

वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख डाक्टर गोविन्द प्रसाद तिमल्सिनाले बताए । 290892555_573242437539735_2248075432800835470_n

धान दिवशका दिन वास्तविक किसान भन्दा पनि टिकटक बनाउने, फेसबुकमा फोटो राख्नका लागि मात्र खेतमा पुग्नेको संख्या बढ्दै गएको अवस्थामा साच्चिकै यसरी नै धान रोपेर दिवस मनाउन पाउँदा रोपारहरु एक पछि अर्को हिलो छ्याप्दै ज्यादै खुसि बनेको दृष्य हेर्न लायकको नमुना र उदाहरणिय रहेको स्थानीयहरुको भनाई छ । 

धान रोपाईमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा  सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।