संखुवासभा । कृषि र पशुपालन लाई प्रोत्साहन गर्ने उदेश्यले संखुवासभा जिल्लाको  धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई पशुपालन सम्बन्धि  तालिम प्रदान गरीदै छ ।

 करुणा फाउन्डेसनको सहकार्य र धर्मदेवी नगरपालिकाको आर्थिक सहयोग र गुडलक एजुकेसन ट्रेनिङ  सेन्टर प्रा. लि को आयोजनामा  तालिम संचालन हुदै आएको हो । नगरपालिका सबै वडाका अपांगता भएका ब्यत्ती लाई पशुपालन तालीम दिएर आर्थिक सुधार गर्ने उद्देश्यका साथ तालीम संचालन गरीएको जनाइएको छ । परम्परागत पशुपालन प्रकृयालाइ नयाँ प्रविधि समावेश गरी अपाङगता भएका नगरवासीलाइ आर्थिक रुपमा सवल बनाउनुनै तालिमको मुख्य उद्देश्य रहेको गुडलक एजुकेसन ट्रेनिङ  सेन्टर प्रा. लि का प्रवन्धक निर्देशक रेवती निरौलाले जानकारी दिए ।Pashu Talim  (1)

तालीम पश्चात तालीममा सहभागीहरुको सहजीकरणका निमीत्त कृषि औजार वितरण  गरीने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए । 

तालीममा धर्मदेवी नगरपालीका पशुसाखा प्रमुख विशाल खत्री लगायत अन्य पशुविज्ञहरुले सहजीकरण गर्दैछन ।  

असार १४ गते मंगलवारदेखी सुरु भएको तालीम ५ दिन सम्म चल्ने साथै यस तालीम मार्फत ४० जना लावान्वित हुने नगरपालीकाले जनाएको छ ।