इटहरी । “धान बालिमा जैविक विविधताको उपयोग,आयत प्रतिस्थापनमा सहयोग” भन्ने मुल नारालाइ आत्मसात गर्दै कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीले १९ औँ धान दिवस तथा रोपाइ महोत्सवको आयोजना गरेको छ ।

कार्यलयमा उपलब्ध प्रविधीबारे स्थानिय तहलाइ सु सुचीत गराइ कृषि उत्पादन वृद्धि गराउन साथै अन्य पालिकामा कृषि अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

कृषि अनुसन्धान निर्देशनालयका निर्देशक केशव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यलयमा उपलब्ध प्रविधीलाइ स्थानिय निकायको कृषि कार्यक्रममा कसरी समावेश गर्न सकीन्छ भन्ने बारेमा छलफल गरीएको थियो ।20220629_095626 (1)

विभीन्न पालीकाका प्रतीनिधीकोे उपस्थितीमा आयोजीत कार्यक्रमका अध्यक्ष श्रेष्ठले कृषिमा आत्मनिर्भरताका लागी स्थानीय स्तरका किसान तथा कृषि उद्यमीलाइ आवश्यक तालीम,प्रशीक्षण सम्बन्धमा कार्यलयले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

सुनसरी जिल्ला समन्वय समीतीका प्रमुख राजन मेहताको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा कार्यलयमा २५ वर्षदेखी कार्यरत ७ जना कर्मचारीलाइ अवार्ड तथा सम्मान गरीएको थियो भने कार्यक्रमकै बिच नवनिर्वाचीत जनप्रतीनिधीलाइ कार्यलयद्धारा सम्मान गरीएको थियो ।20220629_101223 (1)

कार्यक्रममा सुनसरी जिल्ला प्रमुख जिल्ला अध्यक्ष इन्द्रदेव यादव,योजना तथा समन्वय नार्कका निर्देशक डाक्टर युगनाथ घिमीरे,रामधुनि नगरपालीका प्रमुख शंखरलाल चौधरी,माइ नगरपालीका प्रमुख खम्ब सिंह लिम्बु,गढी गाउपालीकाका अध्यक्ष आश नारायण चौधरी लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।291368152_1077760249764868_4848541411756604503_n 

20220629_095646