धनकुटा । नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटार, ललितपुरको आयोजनामा जिल्लामा उत्पादन उपरान्त खेरजाने । नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटार, ललितपुरको आयोजनामा जिल्लामा उत्पादन उपरान्त खेरजाने फलफुल सही सदुपयोग गर्ने उद्धेश्यले सरोकारवाला किसानहरुलाई, जाम, जेली, जुस, केन्डी, आरटियस बनाउन तालिम दिदै आएको छ ।
उक्त तालिम अन्र्तगत स्थानीय स्तरमा उत्पादित खेर गइरहेको फलहरुको राजा वेल तथा आरूवखडा, आँप, आरुको खाध्य विविधिकरण सम्बन्धि जाम, जेली, जुस, केन्डी, माडालगायतका परिकार बनाउने पाँच दिने तालिम धनकुटामा सम्पन्न भएको छ ।
स्थानीय उत्पादन आरु, आँप, आरुबखडा, आल्चा, बेललगायतका फलफुलबाट जाम, जेली, माडा, क्यान्डि, जुसलगायतका विभिन्न परिकार बनाउदै स्थानीय कृषकलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ असार चार गतेबाट शुरु गरिएको तालिम ८ गते बुधबार सम्पन्न भएको हो ।
उक्त तालिममा स्थानीय स्तरमा उत्पादित फलफुलबाट जुस, जामजेली, कैन्डि, तितौरा, माडालगायतका खानयोग्य खाध्य परिकार वनाउने सिपयुक्त दक्ष उद्यमी निर्माण गर्न स्थानीय कृषकलाई तालिम दिएको राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटारका प्रमुख घनश्याम मल्लले जानकारी दिनुभयो ।
तालिममा फलहरूको राजाका रूपमा रहेको बेलको जुस, जाम, माडा, तितौरा, आरूवखडा, आरू, आँपलगायतका फलबाट जुस, जाम, कैन्डिलगायतका परिकार वनाई स्टोर राख्न र वजारीकरणका माध्यमबाट स्वदेसमैे सीप सिकेर उध्योग खोलि जीवन निर्वाह गर्ने र
खेर गईरहेको फलफुलबाट आम्दानि गर्न सकिने भएकाले सिपमुलक तालिम फलदायि रहेको सहभागि विष्णुमाया कन्दग्वा कविताले बताउनु भयो ।
उक्त तालिममा राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटारका बैज्ञानिक प्रविण ओझा र खाध्य प्रबृधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका डिभिजन प्रमुख अनुप हलवाईले खाध्य ऐन र नियमावलीलगायतका विषयमा शहजिकरण गर्नु भएको थियो ।
उहाँले केएमएस जस्ता खानेकुरामा नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भएमा गुणस्तरहीन बन्ने, अनुज्ञापत्र लिनु पर्ने, दुषित, गुणस्तरहीन लगायतका खानेकुराको प्याकेजिङ्गमा उत्पादित र समाप्ति मिति सबैले देख्नेगरी लेखिएको लेवल लगाईनु पर्ने, खानेकुराको गुणस्तर तोक्ने समितिलगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
जिल्लाका २५ जना कृषकहरूकोे सहभागिता रहेको उक्त तालिममा एक केजि आरूवखडामा दुई लिटर पानी र १५ सय ग्राम चिनि अनि १० ग्राम साईटिक एसिड, १० ग्राम केएमएस चिनिपानि आगोमा पकाउने अनि साईटिक एसिड हालेर जाम राख्ने बोतल शुरूमा पानिमा उमाल्ने जाम बनाउदा एक केजि फल रसमा एक केजि चिनि हाल्ने, रस पकाउदा अलि अलि गर्दै चिनि हाल्ने, १० ग्राम पेक्टिन चिनिमा मिसाएर हाल्ने, पाँच ग्राम साइटिक एसिड चिनिमा मिसाएर राख्ने, पानिमा थोपा राख्दा तल गएर ढिका भएर बस्यो भने मात्र जाम तयार भएको हुन्छ लगायतका विषयमा प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षकद्धयको प्रशिक्षण तालिम फलदायि रहेकाले उद्योग सञ्चालन गर्न सहज हुने सहभागिले खुसि ब्याक्त गर्नुभयो ।
तालिममा सहभागिहरुलाई राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटार, ललितपुरका केन्द्र प्रमुख घनशयाम मल्लले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सहभागिको तर्फबाट आयोजक संस्थालाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
उक्त तालिममा राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटार, ललितपुरका केन्द्र प्रमुख घनशयाम मल्ल, राष्ट्रिय खाध्य अनुसन्धान केन्द्र खुमलटारका बैज्ञानिक प्रविण ओझा, स्थानीय कृषक लगायतको उपस्थिति रहेको थियो ।




















