झापा  गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ। कन्काई नदीको बाढीले करिब एक सय घर डुवानमा परेका छन्।

कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो। उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ।

मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ। यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन्।

पाँचगाछि सन्थाल बस्ती पनि डुवानमा परेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ।

जोखिम बस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरील गायत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

289817733_1140276993496457_2940570540804004047_n

289850451_1430162727455291_6930333995240616277_n