धनकुटा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर धनकुटामा समृद्धिका लागि वन भन्ने नाराका साथ धनकुटाको सल्लेरी राष्ट्रिय वनमा वृक्षारोपण गरि मनाइयो ।

डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय बन क्षेत्रमा  विभिन्न जातका विरुवा रोपेर  राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।IMG20220628080130

   सल्लेरी राष्ट्रिय वनको कार्यक्षेत्र ५ र ६ साथै भिमदल गण सल्लेरी व्यारेकको परिसर क्षेत्रमा समेत गरी  १दशलव ९ हेक्टरमा बृक्षारोपण गरियो  । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्य तथा डिभिजनल बन अधिकृत मेघराज राईको अध्यक्षतामा  खोटेसल्ला, कल्की फुल, तेजपात, कपुर र समी लगायतका विभिन्न जातका तीनहजार दुईसय वृक्षारोपण गरियो ।IMG20220628082823 (1)

राणकालिन देखि संरक्षण गरिदै आएको सल्लेरी बन क्षेत्रका खाली ठाउँमा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत राईले जानकारी दिए ।  कार्य योजनामा उल्लेख भए अनुसार पुराना रुखहरुलाई बार्षिक रुपमा कटान गरी नयाँ सल्ला र विभिन्न जातका विरुवा रोप्ने योजना अनुसार राष्ट्रिय वृक्षारोपण दिवसका दिन सो क्षेत्रमा वृक्षारोपण गरिएको राईले वताए । IMG20220628081554वृक्षारोपणमा जिल्लाका सुरक्षा निकाय साथै सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।