काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ।इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले विभिन्न स्थानका ९ जनालाई आइतबार हैजा पुष्टी भएको जानकारी दिनुभयो ।
काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोटलगायत स्थानमा हैजा देखिएको र ललितपुरको सानेपामा पनि बिरामी भेटिएका छन्।
असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका ।पछि परीक्षण गर्दा बागबजारको पानीमै हैजाको जीवाणु भेटिएको थियो।
ललितपुर महानगरले आइतबार पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।




















