मोरगं । मोरगंको सुन्दरहरैचामा नगरबाल सञ्जाल आशिष सुन्दासको अध्यक्षतामा पुनर गठन गरिएको छ ।
पुनर गठित समितिको उपाध्यक्ष अनुस्किृती शाक्य ,सर्वजित सुबेदी ,सचिव पूजा अधिकारी सह सचिव चोयुषा न्यौपाने , विशाल तिम्सिना कोषअध्यक्ष अभिषेक कोइराला चयन भएका हुन ।
त्यसै गरी सदस्यहरुमा आयुषा कुमारी ,सुदिप गौतम, सेमिका भण्डारी ,विशाल गिरी , पिसन तामाङ ,पूजा दाहाल , मनिष माझि , बिबेक घिमिरे , प्रान्जलि ढुङ्गाना , रेजिना भट्टराई , सोहन श्रेष्ठ रहेका छन । पुनर गठित सञ्जालका अध्यक्ष सुन्दासले बालबालिका प्रति हुने दुराचार , बाल शोषण लगायतका विकृतिहरुको अन्त्यका लागि आवाज उठाउने , बालबालिकाको हक अधिकारका विषय समेत उठान गर्ने प्रतिवद्धता जनाए ।
नगरबाल संजाल सुन्दरहरैचाका अध्यक्ष मदन भण्डारीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्यमा भएको बालसञ्जालको भेलाले नगरबाल सञ्जाल पुनर गठन गरेको हो । कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद भट्टराइ वडा नम्बर ४ का वडाध्यक्ष कैलाश बस्नेत , लिइयो कल्ब अफ बासबारीका अध्यक्ष संयोग ढकाल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।




















