झापा । झापाको बाह्रदशी गाउँपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान सञ्चालन गर्ने भएको छ ।
बालबालिकालाई विद्यालय झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ भन्दै गाउँपालिकाले घर–घरमा बाल शिक्षा चेतना अभियान सञ्चालन गर्न लागेको हो ।
प्रदेशिक संरचना अनुसार शिक्षाको अधिकार स्थानीय तहमा पुगे पनि अझै पनि झापामा १० प्रतिशत बालबालिका विद्यालयबाट टाढै छन् ।
पालिकाले भने शैक्षिक क्षेत्रमा नमुनाको रूपमा अगाडि बढ्नका लागि गाउँस्तरीय शिक्षा योजना तयार गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुखम ज्ञानबहादुर पौडेल बताउनुहुन्छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० देखि सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने गाउँपालिकाको नीति छ । जसले आर्थिक स्थिति कमजोर भएका अभिभावकलाई खुसी थपेको छ ।
आर्थिक रूपले विपपन्न भएकै कारण विद्यालयको पहुँच बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर गुणस्तरीय शिक्षा दिनु पालिकाको प्रधान नीति हो ।
सरकारले निर्धारण गरेको नीतिलाई आत्मसाथ गरी प्राविधिक शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्यमा आफूहरू उत्रिएको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले बताउनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययनरत धेरै बालबालिका अझै पनि नियमित विद्यालय आउँदैनन् । विद्यालयमा भर्ना भएका कतिपय बालबालिकाले बिचैमा पढाइ छाड्ने गरेका छन् ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शैक्षिण गुणस्तर सुधारका लागि शिक्षालाई प्राथमिकता दिएकोछ ।
गरिबीको रेखामुनि रहेका अभिभावकको जीवनस्तर सुधारका कार्यक्रम नदेखिएकाले लक्ष्य प्राप्तिका लागि भने चुनौती छ ।
संघीय सरकारको लक्ष्य अनुरूपको शैक्षिक उपलब्धी हासिलका लागि झापाका १५ वटै स्थानीय तहले तदरुकता त देखाएका छन् । कार्यान्यावयनको अवस्था भने र्हेनै बाँकी छ ।




















