इटहरी । बैक ब्याज बढाइएको तथा दोहोरो कर लगाइएको भन्दै सुनसरीको इटहरीमा व्यवसायीहरुले सरकारको विरोध गरेका छन ।

  इटहरी चेम्बर अफ कमर्शको आयोजनामा व्यवसायीहरुले बैक ब्याज घटाउनु पर्ने दोहोरो कर हटाउनु पर्ने लगायतको माग राखी विरोध प्रर्दशन गरेका हुन ।

   इटहरी उपमहानगरपालिका अगाडि व्यवसायीहरुले ब्याज दर सगरमाथा चढिसक्यो तपाई कता हो गर्भरनर ज्यु भन्ने नारा सहित कालो पट्टी सहित विरोध प्रर्दशन गरे । विरोध प्रर्दशनका क्रममा इटहरी चेम्बर अफ कमर्शका अध्यक्ष गणेश कटुवालले व्यापार व्यवसायमा सहज हुने नीति ल्याउनु पर्नेमा सरकारले व्यापार व्यवसायका लागि समस्या हुने गरी नीति वनाएको आरोप लगाए । उनले पुजिगंत खर्च अध्यावधिक गर्नुको सट्टा ऋण र अनुदानमा मुलुक चलाउदा व्यापारी व्यवसायीहरु दोहोरकर र ट्यासको मारमा परेको गुनासो गरे ।

प्रर्दशनमा सहभागी धनश्याम बरालले बैक व्याजमा छुट भनिएपनि बढेको पाइएको वताउदै यस्तो कार्यको विरोधमा उत्रनु परेको सुनाउछन ।chembar  (3)

इटहरी चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष तारा कटुवालले करको दर , व्याजदर बढेको छ ,व्यवसायमा लागत बढेको छ भन्दै मुल्यवृद्धि भएकाले त्यसको विरोधमा प्रर्दशनमा उत्रन वाध्य भएको जानकारी गराए ।

इटहरीबाट सुरु भएको व्यापार व्यवसाय विरोध सरकारको नीतिको क्रमिक रुपमा सर्वत्र विरोध हुने विरोध प्रर्दशनमा सहभागीले प्रतिक्रिया दिएका छन । केही दिन अघि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको बजेट व्यवयासी मैत्री नभएको आरोप प्रर्दशनकारीको रहेको छ । 

chembar  (1)