मोरङ । युवा रोजगार मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर मोरङको सुन्दरहरैचा नगरपालिकाले कृषिजन्य उत्पादन वृद्धिमा जोड दिदै किसानहरुलाई विभिन्न किसिमका अनुदान उपलव्ध गराउदै आएको छ ।

   युवा शक्ति वैदेशिक रोजगारीका लागि पलायन नहुन भन्ने उद्धेश्यले सुन्दरहरैचा नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको हो ।

  पशुपक्षी प्रवद्र्धन शाखाका जिवन चापागाई सुन्दरहरैचा नगरपालिकाले विगत पाँच वर्ष देखि कृषि उत्पादनमा वृद्धि गर्ने हुने काम गर्दै आएको वताउछन । उनले दुध ,फुल र मासु उत्पादनमा जोड दिदै नगरलाई आत्मनिर्भर वनाउने कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।IMG_0356

सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई विउविजन , बाख्रा , कुटी काट्ने मेशिन ,दुघ चिस्याउने मिनेश लगायतका कृषिसंग सम्वन्धीत सामाग्रीहरु वितरण गर्दै आएको छ ।

नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाई कृषिसंग जोडिने खाद्यान्नहरु भारतबाट आयत गर्न परिरहेका कारण व्यापार घाटा वढी रहेको भन्दै निर्यात गर्न नसकिएपनि आयत घटाएर व्यापार घाटा घटाउने गरी कृषि उत्पादन वृद्धि गर्न लाग्नु पर्नेमा जोड दिए ।IMG_0415

यता कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाले  अनुदानमा कुटी काट्ने मेशिन उपलव्ध गराइएकी पशुपालक किसान शोभा शर्मा मेशिनले गर्दा समय बचत हुने तथा आफुलाई पनि सहज हुने वताउछिन । उनले यस अघि हातले नै कुटी काट्दा समय वढी लाग्ने तथा झन्झट समेत हुने गरेको सुनाइन ।

त्यसै गरी दुध चिस्याउने अनुदानमा प्राप्त गर्ने कामधेनु दुग्ध सहकारीका जीवनाथ अधिकारी अनुदानमा चिस्यान प्राप्त भएपछि किसानहरुबाट अझ वढी दुध संकलन गर्न सकिएको वताउछिन ।IMG_0396

सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई आवश्यकता र बजेटलाई प्राथमिकतामा राखेर आश्यकता अनुसार अनुदान उपलव्ध गराउने जनाइएको छ । सुन्दरहरैचार नगरपालिकाको पशुपंक्षी प्रवद्र्धन शाखाको स्विकृत ५०प्रतिशत लागत साझेदारी अनुदान कार्यक्रम अन्तरगत मिल्क चिलिङ भ्याट, मिल्क एनालाईजर ,घाँस काट्ने मेशिन र काउम्याट अनुदान वितरण कार्यक्रम आयोजना गरेको हो ।

कैलाश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी नगरप्रमुख गुरागाई रहेका थिए । कार्यक्रममा उपप्रमुख अकली चौधरी , प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई सहित वडाध्यक्ष जनप्रतिनिधि पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।