इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई शुक्रबार मिटब्याजी तेलीलाई तत्काद पक्राउ गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएको उनले जानकारी दिए ।