गुल्मी । सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो।
प्रहरी नायब उपरीक्षक खरेलले सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो । बालकलाई जिल्ला अस्पताल गुल्मी लैजाने क्रममा बाटोमै मृत्यु भएको खरेलले बताउनुभयो ।
अहिले बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिइएको छ।




















