इटहरी । सुनसरीको इटहरी ८ स्थित ग्रीनपीस स्कुलले विद्यार्थीका प्रतिनिधी चयनका लागी निर्वाचन गराएको छ ।

विद्यार्थी स्वयम मतदाता रहने गरी विहिवार विद्यालयकै प्रङगणमा स्कुल क्याप्टेन, हाउस क्याप्टेन लगायत गरी ५ फरक पदका लागी निर्वाचन प्रकृया सम्पन्न गरेको हो ।286032204_5417231408307735_4186408325676115555_n

विद्यालयमा प्रप्त भएको सैधान्तिक ज्ञान व्यवहारीक रुपमा प्रयोग गर्दा भविश्यमा प्रतिनिधी चयनका निम्ति मतदान गर्दा बदर मतको सम्भावना न्युनिकरण हुने साथै सफल र सवल   नेतृत्व चयन गर्न सहज हुने सहभागी विद्यार्थीहरुले बताएका छन । 286694246_1255882928281010_7306600026820987193_nसथै राज्यको प्रतिनिधी चयनकोलागी उमेर नपुगेतापनीे नेतृत्व चयन सम्बन्धि विद्यालयको निर्वाचन अभ्यासमा सरीक हुन पाउनु उत्साहजनक भएको उनीहरुको भनाइ छ ।

भविष्यका कर्णधार विद्यार्थीहरुलाइ विद्यालय स्तरबाटै नयाँ अभ्यास स्वरुप निर्वाचन प्रकृयामार्फत कुशल नेतृत्व286890743_2805131019782648_599440323199503986_n चयनको लागी सहज हुने साथै यस प्रकारका अभ्यासले भविष्यमा मतदाताको हक र अधिकार सुनिश्चित गर्दै सफल र सबल नेतृत्व चयन गर्ने बोध विद्यार्थी जिवन देखीनै आओस भन्ने हेतुले विद्यालयमा निर्वाचन प्रक्रियाको अभ्यास गरीएको विद्यालयका उपप्रधानाध्यापक रुद्र गौतमले जानकारी दिए ।

निर्वाचनको लागी विद्यालयले प्रतिनिधीकालागी चुनाव चिन्ह,मतपत्र साथै ३ वट केन्द्रको व्यवस्था गरेको थियो ।