मोरगं । क्रसर व्यवसायीले जथाभावी खोला दोहन गरेको कारण वस्ती जोखिममा परेको भन्दै मोरगंको सुन्दरहरैचा बेलगाछीका स्थानीयले क्रसर उद्योग बन्द गरिनु पर्ने माग गरेका छन ।

    गछिया खोला केन्द्रीत दुई वटा क्रसर उद्योगका कारण बस्ती जोखिममा परेको तथा स्थानीयले सास्ती भोग्नु परिरहेको भन्दै क्रसर उद्योग वन्द गरिनु पर्ने माग राख्दै स्थानीयले  प्रर्दशन गरेका हुन ।

   सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ बेलगाछि चौक उत्तर तर्फको सहायक सडक पिच बाटोमा क्षमता भन्दा बढीका सवारी साधनहरु टिफर कुदाइएका कारण स्थानीयको घरहरु ठुला सवारीको कारण थर्किएर चकिन भत्कन थालेको भन्दै स्थानीयले विरोध जनाए पछि क्रसर तथा टिफर व्यवसायीहरुले वैकल्पिक बाटो प्रयोग गर्दै आएका थिए । विगत देखिको यही समस्यालाई मध्यनजर गर्दै स्थानीयले क्रसर व्यवसायीहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेपछि दुवै पक्षविच गत फागुनमा वैकल्पिक वाटो प्रयोग गर्ने सहमति भएको वताइएको छ ।vlcsnap-2022-06-08-18h08m52s110

तर मंगलवार ठुलो संख्यामा टिफर लिएर आएकाहरुले स्थानीयले लगाएको ढाट खोल्न खोज्दा विवाद भएको र व्यवसायीका मानिसहरुले केही स्थानीयलाई कुटपिट समेत गरेको भन्दै स्थानीय क्रसर उद्योग वन्द नै गर्नु पर्ने माग सहित विरोधमा उत्रिएका हुन ।

स्थानीयलाई हातपात हुनु दुभाग्य भएको भन्दै समस्याको समाधान खोज्नु पर्नेमा सुन्दरहरैचा वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगर वताउछन ।

यता स्थानीय महिलाहरुले समेत टिफर लगायतका ठुला सवारी साधन कुदाइएका कारण आफु धुलो हुने वाटो भत्कने जस्ता समस्याले गर्दा सहमतिमै वैकल्पिक वाटो प्रयोग गर्दै आएकोमा एकाएक व्यवसायीका मानिसहरुले स्थानीयलाई कुटपिट समेत गरेको आरोप लगाए ।

स्थानीयले जथाभावी खोला दोहन गरेको भन्दै तिरुपति क्रसर उद्योग र पुर्वाञ्चल क्रसर उद्योग वन्द गरिनु पर्ने माग समेत राखेका छन ।