धरान / धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई ( हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हालेका छन्।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाका प्रमुख अधिकृत तथा जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका साम्पाङले सोमबार नै नवनिर्वाचित उपप्रमुख तथा २० वटै वडा सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराएका थिए ।
आज भने उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर नगर प्रमुख साम्पाङले पदभार ग्रहण गरेका गरेका हुन् । आजै मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको सम्पाङका सहयोगीले बताएका छन् ।
कार्यभार सम्हाल्दै राइले आफ्नो पहिलो प्राथामिकता धरान नगरपालिकामा हुने भ्रष्टाचार नियन्त्रण र धरानको दीर्घकालिन समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।




















