धनकुटा । एकहजार जना जेष्ठनागरिक रहेको जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको सातौं साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।
साधारण सभाको अवसर पारेर जेष्ठनागरिक जिल्ला संघ धनकुटाले नवनिर्वाचित धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग र उपप्रमुख भिमा खनाललगायत दशै वडाका वडा अध्यक्षलाई सम्मान गरेको छ ।
बिशेषत जेष्ठ नागरिक भनेका ६० बर्ष उमेर पार गरिसकेका नागरिक हुन । उनिहरूले आन्नद र शान्ति कसरी प्राप्त हुन्छ भनेर बढि गरेर धार्मिक काममा जाडदिदै आएको पाईन्छ ।
त्यसैले जेष्ठ नागरिकहरूलाई विभिन्न संघ संस्था स्थानीय तह लगायतको सहयोगमा विशेष गरि धार्मिक स्थलहरूको अध्ययन अवलोकन भ्रमणकालागि देशदर्शन समेत गराउने गरिदै आएको संघका अध्यक्ष राम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सोहि अवसर पारेर संघमा अक्षयकोष स्थापना गर्ने अक्षयकोषदाता चन्द्रकला श्रेष्ठ, जेष्ठ नागरिकका गतिविधिलाई समेटेर उत्कृष्ट समाचार बजाउने मकालु एफएमका समाचार शाखाका प्रमुख पत्रकार अनिता किम्दाङ्ग राईलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको
संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 
उहाँका अनुसार वडा नम्वर ४ का स्थानीय चन्द्रकला श्रेष्ठले एकलाख १५१ रूपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । उक्त कोषबाट जेष्ठ नागरिककालागि उत्कृष्ट काम गर्ने संघसंस्था, विपन्न, असहाय जेष्ठ नागरिकहरू, पत्रकारिताका क्षेत्रमा काम गर्ने पत्रकारलगायतलाई सम्मान गर्ने संघका अध्यक्षले जानकारी दिनुभयो ।
संघले जेष्ठनागरिकलाई मनोरञ्जन दिई तनाव कम गर्न दिवासेवा कार्यक्रम समेत सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कोकिला भण्डारी




















