धनकुटा । धनकुटा जिल्लामा धेरै बर्ष अगाडि देखि सञ्चालित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले नवनिर्वाचित जनप्रतिनिधिहरु लाई संस्था सँग परिचित गराउदै स्वागत, सम्मान, शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा जिल्लामा रहेका १० वटा वडा मध्येका पाँच, छ र सात नम्वर  वडा गरी तीनवटा वडाका अध्यक्ष सहितको टिमलाई स्वागत सम्मान गरेको ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र धनकुटाका प्रमुख ब्रह्माकुमारी निर्मला दिदिले जानकारी दिनुभयो । 

 उक्त कार्यक्रममा दुर्व्यसन मुक्ति तथा सकारात्मक उर्जा विकासको लागि वडाले समन्वय गरि वडावासिहरूको क्षमता विकास तथा मानवीय मूल्य र मान्यतालाई उजागर गर्न केन्द्रसँग सहकार्य गर्ने वडा अध्यक्षहरूले प्रतिवद्दता जनाउनु भयो ।282566621_396090749105468_31765461288050470_n

तनावले भरिएको दुनियामा हामी हरेकको जीवन अस्तव्यस्त छ । 

 तनावपुर्ण जिवनबाट मुक्ति पाउन शान्ति, खुसि, आनन्दको प्राप्ति तथा  जिवनको मुल्यलाई बुझ्न आध्यात्मिक शिक्षा ९सकारात्मक सोच० को खाँचो रहेकोले उक्त खाँचो पुर्तिकालागि ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रले मानवीय मुल्यको विकास तथा चरित्र उत्थानमा मह्त्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।280756934_340361508031315_7785273900527705370_n

आगामि दिनमा जनप्रतिनिधि छनौटमा फरकता आओस सहमतिको वातावरण सृजना होस भन्दै सहभागिहरूले जनप्रतिनिधिहरूलाई शुभकामना दिनुभएको थियो । 283567912_2147736448726912_142016398274714576_n

जनप्रतिनिधिहरूले बाबाको सन्देस वडामा लगेर वडा मार्फत गरिने विभिन्न कार्यक्रमहरूमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रलाई साथैमा राखेर अगाडि बढ्ने अध्यक्ष रोशेस श्रेष्ठले बताउनुभयो । 281637209_483336140217056_6240836809185733575_n

 लक्ष्मि सापकोटाले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा नम्वर ५ का  वडा अध्यक्ष धनकुमार राई, वडा नम्वर ६ को वडाअध्यक्ष रोशेस श्रेष्ठ, वडा नम्वर ७ को वडा अध्यक्ष मिलन खड्गी लगायतको उपस्थिति रहेको थियो ।280202670_2794815430662694_8552384833985611979_n (1)282843884_750170426153033_1440846592580380093_n