इटहरी । सुनसरीमा रहेका १२ स्थानीय तह मध्ये ११ स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

  धरान उपमहानगरपालिका बाहेक जिल्लाका सवै स्थानीय तहको मत परिणाम सार्वजनिक भईसकेको हो ।

 धरान उपमहानगरपालिको मत गणना कार्य पनि अन्तिम चरणमा पुगेको छ । मत परिणाम सावर्जनिक भएका ११ स्थानीय तह मध्ये नेपाली काँग्रेसले एक उपमहानगरपालिका ३ नगरपालिका र ३ गाउँपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ भने नेकपा एमाले एक नगरपालिका सहित दुई गाउँपालिकामा विजयी भएको छ त्यसै गरी १ गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिका इनरुवा नगरपालिका दुहवी नगरपालिका बराहक्षेत्र नगरपालिका कोशी गाउँपालिका हरिनगर गाउँपालिका र भोक्राहनरसिहं गाउँपालिकामा विजय हासिल गरेको हो ।

नेकपा एमालेले रामधुनी नगरपालिका गढी गाउँपालिका र बर्जु गाउँपालिकामा जितेको छ त्यसै गरी देवानगंज गाउँपालिकामा जसपाले जित निकालेको हो ।  काग्रेसले विजय हासिल गरेका ७ पालिका मध्ये इनरुवा नगरपालिका दुहवी नगरपालिका  कोशी गाउँपालिका भोक्राहानरसिहं गाउँपालिका हरिनगर गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुवै पदमा काग्रेसका उमेदवारहरु विजयी भएका हुन त्यसै गरी काँग्रेसका तर्फबाट प्रमुख पदका उमेदवारहरुले मात्र विजय हासिल गरेको पालिकामा इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका रहेका छन ।

एमालेले जित हासिल गरेका ३ वटै पालिकामा प्रमुख र उपप्रमुख एमालेले नै जितेको छ । जसपाले जितेको देवानगंज गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसकी उमेदवार विजयी भएकी छन ।

 पछिल्लो समयमा मत परिणाम सार्वजनिक भएको इटहरीमा नगरप्रमुख सहित ५ वटा वडा जितेको काग्रेसले विजय उत्सव मनाएको छ । सो क्रममा नगरप्रमुखमा नवनिर्वाचित हेमकण पौडेलले नगरवासीको चाहना अनुसार नगरक्षेत्रको विकासमा जनप्रतिनिधिहरु एक भएर लाग्ने वताएका छन ।