इटहरी । सुनसरीको हरिनगर गाउँपालिकामा नेपाली काङ्ग्रेसका उमेदवार गफार मिया अन्सारी अध्यक्ष र उपाध्यक्षमा रिमझिम कुमारी भगत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छ्न ।

   २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि अन्सारी र भगत अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष अन्सारीले नेकपा एमालेका उमेदवार लस्करी अन्सारीलाई र उपाध्यक्ष भगतले एमालेकै कोशिला कुमारी साहुलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन ।

  सुनसरीकै अर्काे गाउँपालिका कोशीमा पनि अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन ।

कोशी गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि अयुव अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव दोहोरिएका हुन । त्यसै गरी सुनसरीको औधोगिक नगर दुहबी नगरपालिकाको प्रमुख बेद नारायण गच्छदार पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा समेत निर्वाचत भएका नगर प्रमुख  गच्छदार , अध्यक्ष अन्सारीद्धय र उपाध्यक्षहरु भगत र यादव पाँचै जना नेपाली काँग्रेसका तर्फबाट दोस्रो कार्यकाल लागि निर्वाचित भएका हुन ।