इटहरी । बलत्कार बिरुद्धको आवाज,न्याय सहितको पुन र्निर्मित समाज  भन्ने मुल नाराका साथ सुनसरीको इटहरी उपमहानगर पालिकामा युवा युवतिहरुले प्रदर्शन गरेका छन । 

देशमा बारम्बार बलात्कारका घटनाहरु दोहोरिरहदा पनि सरकार मौन रहेको उनिहरुको आरोप छ । 

महिला राष्ट्रपती भएको देशमा महिलानै सुरक्षित छैनन भन्दै उनिहरुले आपत्ती जनाएका थिए । 281294158_833636021374897_2225706263288414935_n

बलत्कारको घटनामा सरकारले १ वर्षको हदम्याद प्रती सरकारको ध्यानाकर्षण गराउन उक्त कार्यक्रमको आयोजना गरिएको साथ सहयोग समर्थन नेपालकी केन्दिय्र अध्यक्ष रक्षा घिमिरेले जानकारी दिइन ।280064835_711626126621315_7635708508774132475_n

 उनिहरुले हिजो निर्मला आज सुस्मिता भोलि कोरुजस्टिस फर सुस्मिता लेखिइको प्लेकार्डका साथ प्रदर्शन गरेका थिए। 

गोरखा डिपार्टमेन्ट अगाडी बाट सुरु भएको विरोध प्रदर्शन र्याली प्रहरी कार्यलय हुँदै इटहरी चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।