इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बाट स्वतन्त्र उम्मेद्वार रमेश प्रसाद चौधरीको प्यानलनै विजयी भएको छ । २०७९ को स्थानिय तह निर्वाचनमा इटहरी १४ बाट चुनाव चिन्ह हास लियेर चुनाबी मैदानमा होमियेका चौधरिको प्यानलनै बिजयी भएको हो । कुल २७९७ मत खसेको उक्त वडामा चौधरिले ८६७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दुखीलाल चौधरीलाइ २३३ मतान्तरले हरायेका हुन ।
विजयी हुने प्यानलबाट वडा अध्यक्ष चौधरी सहित महिला सदस्यतर्फ रुकमणी देवि चौधरी,दलित महिला सदस्यतर्फ डोमनी देवी पासवान त्यस्तै सदस्यतर्फ उसमान मिया र जमिला मियानी निर्वाचित भएका छन । विजयी भएपछी चौधरिको प्यानल इटहरी उपमहानगरपालिकाबाट विजय जुलुश निकाली वडावासिको घरघरमा पुगेको थियो ।
यसअघी भएको २०७४ को स्थानिय तह निर्वाचनमा उक्त वडामा नेकपा एमालेको प्यानलनै विजयी भयेको थियो ।




















