इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ वडाध्यक्षमा सामाजिक क्षेत्रका लोकप्रिय व्यक्तित्व दिवस पोखरेल विजयी भएका छन ।
इटहरीको मुटुको रुपमा रहेको बजार क्षेत्र पर्ने वडा नम्बर ६ बाट उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाली काँग्रेसका तर्फबाट उमेदवार पोखरेल १हजार ३सय ४ मत ल्याएर विजयी भएका हुन ।
कुल ३हजार ३७ मत खसेको वडा नम्बर ६ का उमेदवार पोखरेलले निकटतम प्रतिस्पर्धी उमेश पौडेल भन्दा ३सय ३ मत बढी ल्याएर विजयी बने । उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा विगत दुई दशक देखि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्दै आएका कारण वडामा पोखरेल लोकप्रिय रहेका छन ।
नेपाली काँग्रेसका तर्फबाट उमेदवार रहेका पोखरेलले बजार क्षेत्रमा सार्वजनिक शौचालय , नियमित सरसफाई , कौशी खेतीलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्याहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने काम प्रतिवद्धता सहित चुनावी अभियान रहेका थिए ।
पोखरेलसंगै वडा नम्बर ६मा नेपाली काँग्रेसका उमेदवारहरु महिला सदस्यमा रमला तामागं दलित महिला सदस्यमा मिना रसाइली र खुल्ला सदस्यमा दिनेश प्रधान विजयी भए । अर्काे एउटा खुल्ला सदस्यमा भने नेकपा एमालेका उमेदवारले विजय हासिल गरे । 
वडा नम्बर ६मा वडाध्यक्ष लगायत तीन सदस्य जितेको नेपाली काँग्रेसले वडा क्षेत्रमा विजयी जुलुस निकालेको छ । विजय जुलुस सहित विजेता उमेदवारहरु मतदाताको घरघरमा पुगेर मतदाताहरुलाई धन्यवाद समेत दिएका थिए । यता विजयी जुलुसमा उत्साहजनक रुपमा वडावासीको समेत सहभागिता रहेको थियो । आफुले रोजेका उमेदवार विजयी भएपछि मतदाताहरु पनि बाजाको तालमा नाच्दै रमाउदै उत्साह पुर्वक विजय जुलुसमा सहभागी भएका थिए ।




















