उर्लाबारी । मोरङको उर्लाबारी ४ मा नेपाली काग्रेसले जित हासिल गरेको छ ।
सो वडामा नेपाली काग्रेसका उम्मेदवार कल्याण कुमार राईले नेकपा एमालेका लक्ष्मि नारायण धिमाललाई हराएका हुन ।२०४३ साल देखि हरेक निर्वाचनमा अपराजित यात्रा तय गर्दै अएका धिमालको यात्रामा राईले ब्रेक लगाई दिएका छ्न ।
२०७४ को स्थानिय निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका राईले अहिले वडा अध्यक्ष पदमा बाजि मारेका हुन ।
उर्लाबारीमा वडा नम्बर ४ लाई नेकपा एमालेको पकड भएको वडाका रुपमा हेरिदै आएको भएता पनि राईले सो वडामा धिमाललाई लोकप्रिय मतले पराजित गरेका छ्न ।
२०४३ सालदेखिका जनप्रतिनिधि लक्ष्मीनारायण धिमाल वडाध्यक्ष पदमा ४३ मतले पराजित भएका छन् । बुधबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार राईले १२४१ मत ल्याउदा धिमालले ११९९ मत प्राप्त गरेका छ्न । अन्य ४ सद्स्य भने एमालेले जितेको छ ।




















