इटहरी । सरकारले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले बढाएसँगै सार्वजकि यातायातको भाडा पनि बढेको छ ।
सरकारले भोलिबाट राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गर्ने भएको हो ।स्वचालित भाडा समायोजन अनुसार भाडा बढाउन लागिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।विभागले भोलिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धिको सूची निकालेको छ ।
यस्तो छ सूची, कुन रुटमा कति बढ्यो भाडा ?




















