धनकुटा । नगर प्रमुख र उपप्रमुखमा एमालेको बर्चस्व एमालेका चिन्तन तामाङले कायम राख्दै दोस्रो पटक पनि नगर प्रमुखमा विजयी हासिल गर्नुभएको छ । 

धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले सात हजार ६६६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी गठबन्धनबाट नेपाली कांग्रेसका दिनेश राईले सात हजार ६५२ मत प्राप्त गर्नु भएको छ । एमालेका तामाङले कांगे्रसका राईलाई १४ मतान्तरले पछि पार्दै विजयी हुनु भएको मुख्य निर्वाचन कार्यालय धनकुटा मुख्य निर्वाचन अधिकृत फडिन्द्र प्रसाद पराजुली जानकारी दिनुभयो । 

त्यसैगरि उपप्रमुख पदमा एमालेका भिमादेवी खनाल (शान्ता) ले सात हजार १९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गणेश बहादुर बिष्टले ६ हजार ६२९ मत प्राप्त गर्नु भएको छ । एमालेका खनालले ५६७ मतान्तरले माओवादी केन्द्रका विष्टलाई पछाडी पार्दै विजयी हुनुभएको हो ।  IMG20220517124720

जिल्लाको पाख्रिबास नगरपालिका प्रमुख–उपप्रमुख पदको अन्तिम नतिजा सार्बजनिक भएको छ । पाख्रिबास नगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका गुरुङ र उपप्रमुखमा एमालेका देउजा विजयी हुनुभएको छ प्राप्त परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गुरुंङले पाँच हजार ४९८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने उहाँंका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भिम बहादुर राईले पाँच हजार ५३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेका नम्रता देउजाले पाँच हजार ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँंका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले चार हजार ६४१ मत प्राप्त गर्नु भएको छ ।

छथरजोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छत्र बहादुर सुब्बाले चार हजार ३५९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले चार हजार १६४मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष सुब्बाले १९५ मतान्तरले लिम्बुलाई पछि पार्दै विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।  

उपाध्यक्षमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी गिता खेवाले चार हजार ३८७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका गोमा कार्कीले तीन हजार ६९१ मत प्राप्त गर्नुभएको छ । एमालेकी कार्कीलाई ६९६ मतान्तरले पछि पार्दै माओवादी केन्द्रकी खेवा विजयी हुनु भएको हो ।

महालक्ष्मी नगरपालिका अध्यक्षमा गठबन्धन तर्फका नेपाली कांगे्रसका ध्रुबराज रायले पाँच हजार ६६२ मत ल्याएर वियजी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी एमालेका दीपक बुढाथोकीले चार हजार ४८३ मत प्राप्त गर्नुभएको छ । कांगे्रसका रायले एक हजार १७९ मतान्तरले एमालेका बुढाथोकीलाई पछि पार्दै विजयी हुनुभएको हो । उपाध्यक्षमा नेकपा एमालेका मन्जु अधिकारीले चार हजार ७३९ मत ल्याएर विजयी हुनु भएको छ । भने उहाँका प्रतिद्धन्द्धी नेकपन माओवादी केन्द्रका पे्रम खड्काले चार हजार ३६९ मत प्राप्त गर्नु भएको छ । एमालेका अधिकारीले माओवादी केन्द्रका खड्कालाई ३७० मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।