इटहरी । स्थानिय तह निर्वाचन अन्तरगत सुनसरीकाे भाेक्राहा नरसिंह गाउपालिका वडा नं ५ मा बिजयी हाशिल गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्वारहरूलाइ पैसाकाे माला लगाएर गाउ परिक्रमा गराइएकाे छ । उक्त गाउपालिकाकाे वडा नं ५ मा राप्रपाबाट हबिब मन्सुरी सहित भारि मतले प्यानलनै बिजयी भएकाे थियाे ।
मन्सुरीले ६१२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका वसिरूद्धिन मन्सुरीले ३७४ मत प्राप्त गरेका थिए । सुनसरीकाे १२ वटा स्थानिय तहहरूमा एमाले र कांग्रेसले अग्रता कायम गरिरहदा भाेक्राहा नरसिंह गाउपालिकामा भने पहिलाे पटक राप्रपाले बिजयिकाे खाता खाेलेकाे थियाे ।
बिजयी संगै हाल सिंगाे गाउ मन्सुरीकाे जितमा हर्षाेउल्लास मनाइरहेका छन भने उम्मेद्वारहरूलाइ अविर फुलकाे माला संगै पैसाकाे माला लगाएर गाउ परिक्रमा गराइएकाे छ । वडाध्यक्षमा निर्वाचित राप्रपाका मन्सुरीले जनताकाे भावना अनुसार वडामा काम गरेर देखाउने प्रतिवद्धता जाहेर गरेका छन ।




















