उर्लाबारी । आसन्न स्थानीय तह निर्वाचनमा उर्लाबारी वडा नं. ४ को महिला सदस्यमा उम्मेद्वारी दिएकी अरुणा थापाको माहोल बढेर गएको छ । नेपाली काँग्रेसबाट महिला सदस्यमा उम्मेद्वार रहेकी उनलाई हेवीवेट उम्मेद्वारका रुपमा हेरिएको छ ।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ मा दोस्रो कार्यकाल पटक सहसचिवको कार्यभार सम्हाल्दै आएकी अरुणा पार्टीको इमान्दार सिपाही भएर वडा सदस्यमा उम्मेद्वार बनेकी छिन् । 

IMG_7954

उनी पार्टी पंक्तिमा मात्र होइन आम वडाबासीको आशा र भरोसाका रुपमा रहेकी छिन् । वडावासीको सुख दुःखमा साथ दिँदै आएकी अरुणालाई मतदाताले रुचाएको उम्मेद्वारका रुपमा हेरिएको छ । 

विभिन्न संघसंस्थामा आवद्ध रहेर अनुभव संहालिसकेकी अरुणा हाल वेतिनी सामुदायिक वन उपभोक्ता समूहको सचिव छिन् । राजनीति र समाजसेवालाई सँगसँगै लिएर अघि बढेकी अरुणा सानैदेखि नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई अनुसरण गर्दै आएकी सशक्त नारी पात्र हुन् ।  

गत स्थानीय तह निर्वाचनमा सोही पदमा उनी झिनो मतान्तरले पराजित भएकी छिन् । जनजनको प्रिय पात्र अरुणा जनप्रतिनिधि नभएपनि यो अवधिमा वडाबासी माझ नै रहिन्, साथ र सहयोग गरिरहिन् । 

IMG_7990

त्यही भएर यस पटक उनको माहोल हेर्दा कसैले रोक्न सक्ने देखिँदैन । इमान्दार, मृदुभाषी, सहयोगी भावनाले उनको उचाइ बढाएको छ । वडाबासीको घरघरमा मतदानको अपील गर्दै पुगेकी अरुणालाई यस पटक भने निराश नपार्ने मतदाताहरुले बताउँदा उनको अनुहारमा कान्ति छाउने गरेको छ। 

गत निर्वाचनमा जे जसो भएपनि यस पटक भने आफूलाई मतदान गरी जनप्रतिनिधि बनेर वडाबासीको सेवा गर्ने अवसर प्रदान गर्न उनले वडाबासीलाई आग्रह गरेकी छिन् ।