इटहरी । थारु समुदायको संस्कृतिसंग जोडिएका ग्रामथान लगायतको संरक्षणका लागि नितीगत कार्यक्रम ल्याउने इटहरी उपमहानगरपालिकाका नेपाली काँग्रेस नेतृत्वको गठवन्धनका प्रमुखका उमेदवार हेमकर्ण पौडेलले वताएका छन ।

   गठवन्धनको प्रचारप्रसारका लागि गठन गरिएको महिला परिचालन समितिले आयोजना गरेको परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुखमा उमेदवार पौडेलले ३५प्रतिशत मतदाता रहेको थारु समुदायलाई भोट बैकका रुपमा मात्र प्रयोग गर्ने पक्षमा गठवन्धन नरहेको वताएका हुन ।IMG_0076

   गठवन्धनले थारु समुदायलाई राजनैतिक रुपमा सम्मान गर्ने देखि लिएर कानुनी वनाएर नै सम्मान गर्ने वताउदै सबैलाई राजनैतिक तथा कानुनी रुपमा समान व्यवहार गर्ने समेत पौडेलको भनाइ रहेको थियो । शिक्षा स्वास्थ्यमा सबैको पहुँच पुर्याउने गरी योजनावद्ध रुपमा काम गरिने पनि सो अवसरमा उमेदवार पौडेलले वताए । बाढीका कारण बर्षेनी धनजनको क्षति हुने गरेको इटहरीलाई बाढी मुक्त वनाउन डिपिआर तयार पारेर बाढी नियन्त्रणका लागि काम गरिने समेत उनले वताए ।IMG_0054

  सोही कार्यक्रममा बोल्दै गठवन्धनका तर्फबाट उपप्रमुखका उमेदवार रहेका केशवकुमार विष्टले महिलाहरुलाई सिपको खाँचो रहेको भन्दै थोरै पैसाका लागि खाडीमुलुक र इजरालय जस्ता देशहरुमा जानु पर्ने महिला अवस्था अन्त गर्ने गरी विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।

उनले साना मसिना तालिम दिएर फोटा खिचाउने तथा खाजा खाएर पैसा सक्ने काम नगरी विषेश योजनाहरु ल्याउने पनि विष्टले वताए ।IMG_0031

उनले तालिमका नाममा  विगतमा जस्तै उपयोग विहिन कार्यक्रमहरु ल्याएर दुरुपयोग नगर्ने पनि विश्वास दिलाए ।

महिला परिचालन समितिकी संयोजक विमला ढकालको अध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कल्पना चौधरीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका नेता शिव डाँगी लगायतका अतिथीहरुको पनि सहभागिता रहेको थियो ।