इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको पाँचौ जिल्ला अधिवेशनको अवसर पारेर एक जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ ।
हिसान सुनसरीको यही बैशाख २४ गते हुने पाँचौ जिल्ला अधिवेशनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नगद २५हजार सहित एक जना पत्रकारलाई हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा हिसान सुनसरीका सचिव सागर भट्टराईले २०७५साल देखि शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्न थालिएकोमा कोभिडका कारण दुई वर्ष वितरण गर्न नसकिएकोमा पुनः यस पटकबाट सो पुरस्कारलाई निरन्तरता दिने जानकारी दिए ।
यस अघि सुनसरी हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुविद गुरागाई र भैरव आङला पुरस्कृत भैसकेका छन । त्यसै गरी ३० वर्ष बढी शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षा सेवीलाई प्रदान गरिने शिक्षा रत्न सम्मानलाई पनि निरन्तरता दिने सचिव भट्टराईले वताए ।
शिक्षा रत्न सम्मानबाट यस अघि प्रेमप्रसाद न्यौपाने र स्व.स्वयम प्रकाश पोखरेल सम्मानीत भइ सकेका छन ।
पाँचौ जिल्ला अधिवेशन नयाँ कार्य समिति चयन गर्दै समान हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।




















