रामधुनी : बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिनुभएका सुदीप अधिकारीले स्वच्छ र मित्रवत प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ । 

स्थानीय तहको निर्वाचन, सौहार्द वातावरणमा सम्पन्न गर्नका लागी पनि स्वच्छ र मित्रवत प्रतिस्पर्धा हुनुपर्छ भन्ने कुरामा जोड दिदै फरक राजनीतिक पृष्ठभूमि भएता पनि मत माग्नु उम्मेदवारहरूको कर्तव्य रहने कुरा उहाले बताउनुभएको हो । 

नेपाली कांग्रेसका घरदैलो कार्यक्रममा आज नेकपा ९ एकीकृत समाजवादी ० का ९ नं वडाध्यक्षका उम्मेदवार घनश्याम चौधरीको घरमा पुग्नुभएका उहाले मत माग्नु उम्मेदवारहरूको कर्तव्य भएको बताउनुभएको हो । 

९ नं वडाध्यक्ष उम्मेदवार घनश्याम चौधरीले कांग्रेस तर्फका मेयर उम्मेदवार सुदीप अधिकारीलाई योग्य र युवा उम्मेदवार मेयरमा बिजयी भए रामधुनी नगरले काँचुली फेर्ने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

केही दिन देखी सञ्चालनमा आएको नेपाली काङ्ग्रेस घरदैलो कार्यक्रम अब रामधुनीको वडा नम्बर २÷३ र ४  मात्र बाकी रहेको छ । 

asha chy