रामधुनी । सुनसरी रामधुनीलाई पूर्वाधार मात्र नभई सम्पूर्ण विकास गरी अर्को युग सुरुवात गर्ने नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवार दिनुभएको आशाकुमारी चौधरीले बताउनुभएको छ ।
अघिल्लो पाँच वर्ष नगर प्रमुखमा आफ्नै पार्टीबाट विजय भए पनि उपमेयरसहित बहुमत नेकपा एमालेको भएकाले काम गर्न नसकेकोले गर्दा आफ्नो टिम यस निर्वाचनमा विजय भएमा नगरको नयाँ युग सुरु गर्ने बताउनुभएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा रामधुनी नगरपालिकामा काँग्रेसले प्रमुख पदमा जितेको थियो । काँग्रेसले तीन वडाअध्यक्ष र १३ जना सदस्य जितेको थियो । एमालेबाट उपप्रमुखसहित छ जना वडाअध्यक्ष र २३ जना सदस्य जितेको थियो ।
सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर उम्मेदवार चौधरीले जनताको चाहान आधारभुत आवश्यकका मात्र भएकाले गर्दा यी सबै स्थानीय सरकारले सहज तरिकाले ५ वर्षमा पुरा गर्ने समेत बताउनुभयो । ‘हाम्रो प्यानल विजय भएमा विज्ञहरूको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने र दीर्घकालिन विकासमा आफ्नो टिम लाग्नेछ,’ उहाँले भन्नुभयो । आफू निर्वाचित भए आर्थिक रुपमा कहिल्यै विवादित नहुने र इमान्दारितापूर्वक भ्रष्टाचारलाई शून्यमा झारेर काम गर्ने प्रस्टयाउनुभयो ।




















