रामधुनी : रामधुनी नगरपालिका वडा नम्बर  ४ का अधुरा काम पुरा गर्न आफूले पुन उम्मेदवारी दिएको मनेस कुमार चौधरीले बताएका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट आफु बिजय भए पछी आफूले रामधुनी मन्दिरको प्रचार प्रसार देखी गाऊ गाऊमा विकासको लहर चलाएकाले आफूलाई पार्टीले पुन उम्मेदवारी बनाएको बताउनुभएको छ । 

जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका वडाका अध्यक्ष पार्टीले परिर्वतन गरे पनि आफूले अघिल्लो कार्यकालमा गरेको कामका आधारमा नै पार्टीले निरन्तरता दिन टिकट दिएको उहाले बताउनुभयो । 

आफूहरू सत्तामा हुँदा रामधुनी मन्दिरको प्रचार प्रसार, बिभिन्न जातीको ग्राम थान घेरा बेरा, सडक कालोपत्रे, नाला निमार्ण तथा तटबन्ध निर्माण जस्ता उल्लेखनीय काम २०७४ सालमा आफू विजय भए पछि आफूहरूकै पहलमा काम भएकाले सोही अनुरूपको विकास गर्नका लागी पार्टीले टिकट दिलाएको उहाले बताउनुभयो ।

काम गर्दै जादा विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विकास निमार्ण मा असर पारे पनि रामधुनी ४ को विकास नरोकिएको उहाले बताउनुभयो । 

उहाले  आफ्नो प्यानल पुन विजय भएमा रामधुनी ४ का बिभिन्न स्थानमा फ्री इन्टरनेटको ब्यवस्था गर्ने, युवाका लागी वडामा नै रोजगरी सिर्जना गर्ने, रामधुनी मन्दिर लाई रामायण सकिर्टमा जोड्नका लागी पहल गर्ने उहाले बताउनुभयो ।