इटहरी । आसन्न स्थानीय निर्वाचनको मिती नजिकिदै जादा इटहरीमा चुनावि माहोल पनि तातिदै गएको छ । नगरप्रमुखकालागि उम्मद्वारी दर्ता गराइसकेका उम्मेद्वारहरू यतिबेला चुनावि प्रचार अन्तरगत घर दैलो अभियानमा ब्यस्त बनेका छन । सबै उम्मद्वारहरूले जित आ आफ्नो पक्षमा रहेको दावि पनि गर्दै आएका छन । यसै सन्दर्भमा अरू भन्दा फरक मत र बिचार बोकेर चुनावि अभियानमा निस्किएको राप्रपाको पनि चर्चा त्यतिकै चुलिएको छ । राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले इटहरीको मेयरमा पूर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बाका छोरा आकाश सुब्बालाइ अघि सारेको छ ।
आकाश सुब्बा इटहरीको लागि कुनै नौलो नाम भने होइन । राजनीति संगै सामाजिक क्षेत्रमा पनि उत्तीकै कृियाशिल ब्याक्तित्वको रूपमा चिनिएका शुब्बा इटहरीलाइ नेतृत्व गर्न सक्ने दावि सहित मेयरकालागि उम्मेद्वारी दिएको बताउछन । निर्वाचनको मिति नजिकिए संगै चुनावि अभियान होमिएका आकाश राजनीति भन्दा माथी उठेर इटहरीको दिगो बिकाश ,सदभावपुर्ण समाज निर्माणका निमित्त आफु लागि पर्ने बताउनुहुन्छ ।
उम्मेद्वारबिच उच्च शैक्षिक योग्यता भएका संग संगै बोलीमा भन्दा काम गरेर देखाउनुपर्छ भन्ने अठोट बोकोर अघि बढेका आकाश आफुले मेयरमा जित हाशिल गरे नगरवासिको भावना अनुसार योजना बनाएर बिकाशका कामहरू गरेर देखाउने बताउछन । भोट माग्दै घरदैलो अभियानमा निस्किएका सुब्बालाइ युवा पुस्ताले काधमा काध , हातमा हात र साथमा साथ दिदै आएका छन भने ज्येस्ठ नागरिकहरूले जितको सुभकामना सहित आशिर्वाद दिने गरेका छन ।
आफुले नगर प्रमुख जिते भ्रस्ट्रचार गर्ने जो कोहि कर्मचारीहरूलाइ पनि नाङ्गेझार बनाउने , कक्षा १२ सम्म निशुल्क शिक्षाको ब्यवस्था मिलाउने , हरेक वडामा लागुऔषध दुर्व्यसनबिरूद्ध अभियान चलाउने , सिपमुलक तालिमहरू सञ्चालन गरि गाउमै रोजगारको व्यवस्था मिलाउने , ६५ वर्ष माथीका ज्येस्ठ नागरिकहरूलाइ निशुल्क स्वास्थ्य बिमा गराइदिने जस्ता महत्वपुर्ण कामहरू गरेर देखाउने प्रतिवद्धता जनाएका छन ।




















