रामधुनी : स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । रामधुनी नगरपालिका वडा नम्बर ६ मा लोकप्रिय व्यक्तित्व युवा नेता शुसिल शर्माको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट रामधुनी नगरपालिकाका वडा नम्बर ६ अध्यक्ष पदका लागि उम्मेदवार बनेका शुसिल शर्माको नेतृत्वमा घरदैलो अभियान सुरु गरेको हो । 

घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट रामधुनी ६ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका शर्माको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिदै  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको  चुनाव चिन्ह हल्लो मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी को तर्फबाट उममेदवार रहेका शर्माले बक्लौरी बजार क्षेत्रमा ब्याबस्थीत सार्वजनिक शौचालय , नियमित सरसफाइ , कृषकलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्यालयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा  प्रोत्साहन गर्ने योजनाको साथ आफ्नो उम्मेदवारी दिएको बताए  ।
 sushil 21