सुनसरी  :  स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै  जादा चुनाव सरगर्मी बढ्न थालेको छ ।  राजनैतिक दलहरू आफ्ना पक्षका उम्मेदवारहरूलाई जिताउन विभिन्न प्रकारले चुनावी प्रचारप्रसारमा लागि रहेका छन । यता रामधुनी नगरपालिकाका नगर प्रमुखमा नेपाली कांग्रेसका युवा लोकप्रिय व्यक्तित्व सुदीप अधिकारीको उमेदवारीले नगरवासीमा उत्साह बढाएको छ ।

लामो समय देखी नेपाली कांग्रेसका बिभिन्न भात्री सङ्घटन मा काम गर्दै पार्टीको मूल राजनैतिकमा  आएका कारण वडामा अधिकारी लोकप्रिय रहेका छन ।

नेपाली कांग्रेसका तर्फबाट मेयरको उममेदवार रहेका अधिकारीले सार्वजनिक स्थानमा सार्वजनिक शौचालय निमाण , नगरका बिभिन्न स्थानमा नियमित सरसफाइ ,  कृषि क्षेत्रलाई प्रोत्साहन , खेलकुद, कला साहित्य लगायतका विद्या हरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने नगरवासीलाई सम्मान तथा प्रोत्साहन गर्ने काम गर्ने लगायतका योजना रहेको बताएका छन् । 

278976208_1174884126592373_1087817133806863360_n

279056435_680284113246095_7788526274532288551_n