धरान / धरानमा गठबन्धनको उमेदबार प्रतिनै नगरवासीले आश र भरोसा रहेको बताएका छन । बुधबार वडा नं ८ र ९ वडामा उममेदवार पुग्दा स्थानीयताले भोट दिने र जिते पछि नर्विसन र दुःखमा साथ दिन आग्रह गरे ।
गठबन्धनबाट मेयरका उममेदवार किशोर राईले भोट माग्दा स्थानीय धनमाया र रविन तामाङले हामी भोट दिन्छौ जितेर गए पछि पनि हामीलाई चिनी दिनोस भन्दा मेयरका उमेदवार राई र उपमेयरका उमेदवार आइन्द्र बिक्रम बेघा भावुक समेत बनेका थिए । श्रमजीवी र दैनिकी गुजारा गरेर खानेको मत पाएर गएकाहरूले फेरि नसम्झने गरे बताउदैन धनमायाले काम गरिखाने सहज वातावरण बनाइदिन आग्रह गरिन ।
सुनसरीको धरान उपमहानगरपालिकामा चुनाबी रौनक वढेको छ । नेपाली कांग्रेस र माओवादी बिचको गठबन्धन र नेकपा एमालेका उमेदवारहरू चुनावी अभियानमा लागेका छन । दुबै तर्फका उमेदवारहरू भोट माग्न घरदैलोमा बस्त छन ।




















