रामधुनी : नजिकी रहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर राजनैतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तीव्रता दिन थालेका छन् । यसै क्रममा सुनसरीको रामधुनी नगरपालिकामा नेपाली काँग्रेसले चुनाव केन्द्रित भातृ सङ्गठन तथा शुभेच्छुक संस्थाहरूसँग छलफल गरी ५५१ जनाको प्रचारप्रसार समिति गठन गरी चुनावी अभियान सुरु गरेको छ ।
नेपाली काँग्रेस रामधुनीले भातृ तथा शुभेच्छुक संठगनहरु परिचालनका गरी आफना उमेदवारीहरुलाई विजयी गराउन ५५१ जनाको प्रचारप्रसार समिति गठन गरेको हो ।
नेपाली काँग्रेसका नेता कार्यकता लगायतले काँग्रेसका उमेदवारहरुलाई विजयी बनाउन भातृ तथा शुभेच्छुक सङ्गठनहरू र नेपाली काँग्रेसमा आस्था राख्ने सम्पूर्णले सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर सहिद ३ वटा वडा नेपाली काँग्रेसका उमेदवारहरुले विजय हासिल गरेका थिए ।




















