उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएको छ । सोमबार भएको उम्मेदवारी दर्तामा नेपाली कांगेसबाट मेयरमा खड्ग फागो र उपमेयरमा सिता कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयर फागोले दास्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन । भने उपमेयरको उम्मेदवार कार्की २०७४ को स्थानियतहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी भण्डारी सग पराजित भएकी थिइन् ।

यस्तै नेपली काग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा नेपाली काँग्रेसबाट वडा नं. १ मा गोविन्द भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं. ५ मा तुलबहादुर थापा, वडा नं. ६ मा चिन्तामणि पौडेल, वडा नं. ७ मा वीरबल थापा, वडा नं. ८ मा कोमलप्रसाद खतिवडा र वडा नं. ९ मा नरबहादुर मोक्तानले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै अन्य पार्टीहरुले पनि उम्मेद््वारी दर्ता गराएका छन् । उम्मेद्वारको विस्तृत विवरण प्रारम्भिक सूची प्राप्त भएपछि प्रकाशन गरिने बताइएको छ ।
























