उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पदबाट राजिनामा दिएका छन् ।

सोमबार उनले आफ्नो राजिनमा पत्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी समक्ष पेश गरेका छन् ।

आसन्न स्थानियतहको निर्वाचनमा हालका जनप्रतिनिधिले उमेद्वार बन्न इच्छाएको खण्डमा मनोनयन दर्ता भन्दा अगाडी पदबाट राजिनामा दिनुपर्ने नियम रहेको छ । मेयर फागोले राजिनमा पत्र बुझाए सगै उर्लाबारी नगरपालिकाको मेयर पदमा उनको उम्मेदवारी रहेने स्रोतले बतायो ।

उर्लाबारीमा सोमवार मध्यायन्न नेकपा एमाले र दिउसो नेपाली कांग्रेसले आउदो स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।