रामधुनी / राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी रामधुनी ६ र ७ मा उम्मेदवार घोषण गरेको छ । शनिबार रामधुनी ६ बक्लौरी बजारमा एक कार्यक्रम आयोजनाका साथ उम्मेदवार घोषण गरेको हो ।
उक्त कार्यक्रम बाट रामधुनी ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का युवा नेता सुशील शर्माको प्यानलले र रामधुनी ७ मा दिनेश राईको प्यानलले बडाका सबै पदमा राप्रपाले उम्मेदवारी घोषणा गरेको हो ।
देशमा रहेका अन्य पाटीले देशलाई खोक्रो बनाइ सकेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ‘भ्रष्टाचार नगर्ने र बडाको विकास गर्ने भएकाले सबै उमेर, भूगोल, हेरेर मात्र उम्मेदवारी घोषणा गरिएको राप्रपा जिल्ला उपाध्यक्ष गणेश गौतमले बताएका छन् ।
त्यस्तै, बिश्ब भर महामारीका रुपमा फैलिएको कोरना भाइरसले जनता मर्नु न बाच्नु बनेका बेला स्थानीय तहमा जितेका जनप्रतिनिधि कमिसनका लोभमा बाटो, पुल, र भ्यु टावर बनाउन लागेकाले जनतालाई जनप्रतिनिधि रहेको महसुस गराउनु आफ्नो प्यानलको उम्मेदवार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का युवा नेता तथा रामधुनी ६ का वडा अध्यक्षका उम्मेदवार सुशील शर्माले जानकारी दिनुभयो ।




















